Friday, May 21, 2010

विकासको लागि सामुहिक रुपमा अघि बढ्ने प्रमुख राजनैतिक दलहरुको प्रतिबद्धता

७ बैशाख २०६७
गोरखामा कि्रयाशिल प्रमुख राजनीतिक दलका नेताहरुले जिल्लाको विकासका लागि सामुहिक रुपमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । राजनीतिक विषयमा मतभेद भएपनि विकास निर्माणका कामहरुमा त्यसको प्रभाव पर्न नदिने तर्फ सचेत रहेको पनि उनीहरुको भनाई छ । गोरखा नगरपालिकाको आर्थिक वर्ष २०६७÷०६८ को वजेट र नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनीहरुले नगरक्षेत्रको विकासका लागि स्पष्ट खाकाको आवश्यकता रहेको पनि बताएका छन् ।
कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य दिपक तिमि_िल्सनाले नगरक्षेत्रको फोहरमैला ब्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको खाँचो रहेको बताउनुभयो । उहाँले कृषिमा ब्यवसायीकरण र घरेलु उद्योगलाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका सचीव किरणबाबु श्रेष्ठले भौगोलिक र साँस्कृतिक हिसाबले गोरखा नगरपालिका उदाहरणीय रहेको भन्दै त्यसलाई समन्वय गर्दै अघि बढ्न नगरपालीकालाई आग्रह गर्नुभयो । यस्तै नेकपा एमालेकी सचीव सम्झना देवकोटाले आन्तरिक आयस्रोत बढाउने तर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो । वजेट सार्वजनिक कार्यक्रममा बोल्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले नगरपालीका क्षेत्रका घरहरुको नक्सा पास गर्दा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले नगरक्षेत्रमा खानेपानीको अभाव बढ्दै गएकाले यसको दिर्घकालीन समाधानमा सहयोग पुग्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उद्योग वाणिज्य संघ गोरखाका प्रथम उपाध्यक्ष भगतबाबु श्रेष्ठले नगरक्षेत्रका सडकहरुमा हुने अब्यवस्थित सवारी साधन पार्किङ्गले नगरक्षेत्रको सुन्दरता बिगि्रएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा गोरखा नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अधिकारीले आर्थिक वर्ष २०६७÷०६८ का लागि ६ करोड ८० लाख ३८ हजारको वजेट प्रस्तुत गर्नुभएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको तेस्रो नगरपरिषदले स्विकृत गरेको भनिएको वजेटमा शिक्षाखानेपानी र गरीवि निवारणलाई प्राथमिकतामा राख्दै सहस्राब्दी विकास लक्ष्य कार्यान्वयनमा सहयोग पुग्ने गरि नीति तथा कार्यक्रम तय गरिएको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिनुभएको छ । उहाँले स्विकृत वजेट र नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न जिल्ला स्थित राजनीतिक दलसंघसंस्था र नगरवासीलाई आग्रह गर्नुभएको छ । कार्यक्रम जिल्ला न्यायधिश प्रभा वस्नेतको प्रमुख आतिथ्यतामा भएको हो ।

No comments: