८ जेठ २०६७
जिल्ल्ाा कृषि विकास कार्यालय तनहुँले जिल्लाका ५ सय उनान्नब्बे कृषकलाई विभिन्न प्रजातिका धान तथा मल वाँडेको छ । जिल्लाका १४ कृषि सेवाकेन्द्र तथा सम्पर्कस्थलबाट कृषकहरुलाई धानबालीको विउ तथा मल वितरण गरिएको कार्यालयका कृषि प्रसार अधिकृत रविन्द्र पौडेलले जानकारी दिनुभयो । कार्यालयले जलव्यवस्थापन आयोजना र कृषि प्रविधि प्रसार तथा सेवा आयोजना अन्र्तगत उन्नत जातका धानको विउ र मल वितरण गरेको जनाएको छ । जिल्लाका ७२ कृषकलाई बाली चक्र प्रर्दशन अन्र्तगत ६ केजी एमोनियम सल्फेट डिएपि ५ केजी पोटास ३ केजी र धानको विउ ३ केजी वितरण गरिएको छ । त्यस्तैजातीय नतिजा प्रदर्शन अन्र्तगत २६ जना कृषकलाई सावित्री र मकवानपुर १ जातको धानको विउ वितरण गरिएको छ ।यसैगरी सावित्रीमकवानपुर १ र सुनौलो सुगन्धा जातको ४ सय ८५ थान विउ तथा ६ जना कृषकलाई एस आर आई प्रविधिको विउ र मल समेत कार्यक्रम अन्र्तगत वितरण गरिएको कार्यालयले जनाएको छ । कृषकहरुले राम्रो उत्पादन लिउन् भन्ने उद्देश्यले उन्न्ात जातको विउ विजन वितरण गरिएको कृषि प्रसार अधिकृत पौडेलले जानकारी दिनुभयो ।
No comments:
Post a Comment