Sunday, May 23, 2010

२ दिने पशु स्वास्थ्य सम्बन्धी तालीम सम्पन्न

८ जेठ २०६७
जनप्रीय महिला समुह अश्राङको आयोजना एबंम् स्वास्थ्य सुधार समुह गोरखाको सहयोगमा अश्राङमा साचांलीत २ दिने पशु स्वास्थ्य सम्बन्धी तालीम आज सकीएको छ । जनप्रीय र जनचेतना महीला समुहका २६ जनाको सहभागीता रहेको तालीममा आरुघाट पशुसेवा उपकेन्द्रका प्रमुख इन्द्रहरी खनालले ब्यबस्थीत बाख्रा पालन गोठ ब्यबस्थापन लगायतका विषयमा प्रशीक्षण दिनुभएको थियो । सो क्रममा महीलाहरुको आयआर्जनमा बृद्धी गर्ने उदेश्यले तालीममा सहभागी ६ जनालाई २ ÷२ वटा बाख्रा र सामुहीक रुपमा एउटा बोका निशुल्क प्रदान गरीएको स्वास्थ्य सुधार समुहका अध्यक्ष नवराज पोख्रलले जानकारी दिनुभएको छ । महीला समुहकी अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा अनीता भट्ट यमबहादुर ढकाल पानमायाँ िसंखडा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

No comments: