८ जेठ २०६७
मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष पुरुषोत्तम दाहालले माओवादी पनि संविधान सभाको म्याद थप्ने पक्षमा रहेको दावी गर्नुभएको छ । शान्ति समाज गोरखाले आज गरेको संविधान सभा र शान्ति बिषयक अन्तरकि्रयामा बोल्दै दाहालले आफूसँगको भेटमा माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टराईले आफूहरु संविधान सभाको म्याद थप्ने पक्षमा रहेको बताएको दाहालले खुलासा गर्नुभयो । राजनीतिक गतिरोध अन्त्यका लागि सरकारले माओवादीका केही सर्तहरु पूरा गरिदिनुपर्ने उहाँको भनाई छ । समस्या समाधानका लागि माओवादी प्रतिवद्ध भए प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने अध्यक्ष दाहालले बताउनुभयो । समयमै संविधान बन्न नसक्नुमा प्रमुख ३ दल जिम्मेवार रहेको उहाँको भनाई छ । जनताको आकाँक्षा अनुसार समयमै संविधान जारी गर्न नसकेकोमा दलहरुले जनतासँग आत्मालोचित हुनुपर्ने पनि उहाँको भनाई छ ।
माओवादी लडाकुप्रति शंका नगर्न सरकारलाई आग्रह गर्दै अध्यक्ष दाहालले सेना समायोजनका लागि बैकल्पिक सुरक्षा दल निर्माण गर्नुपर्ने बताउनुभयो । मुलुकमा सीमा सुरक्षा राजमार्ग सुरक्षा भौतिक निर्माण र प्राकृतिक प्रकोपबाट बचाउनका लागि पनि थप सुरक्षा बल चाहिने भएकाले माओवादी सेना त्यसैमा अट्ने उहाँको सुझाब छ । त्यसो गरेमा रोजगारीका लागि बिदेशिएका लाखौँ नेपाली युवाहरुले रोजगार पाउने र बर्तमान समस्याको गाँठो पनि फुस्किने उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी सभासद् एवम् सचेतक कमला पन्तले माओवादीले विगतका सम्झौताहरुको पालना नगरेकै कारण दलहरुले उसप्रति शंका गरेको बताउनुभयो । माओवादीले कब्जा गरिएका घरजग्गा फिर्ता लगायतका सहमतिको पालना गरे राष्ट्रिय सहमतिको सरकार बन्ने पनि उहाँले बताउनुभयो ।
जिल्ला न्यायधिश प्रभा वस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एकिकृत नेकपा माओवादी गोरखाका सदस्य रामबहादुर ढकालनेपाली काँग्रेसका सचीव किरणबाबु श्रेष्ठ नेकपा एमालेकी सचीव सम्झना देवकोटा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले शान्ति समाजका केन्द्रिय सदस्यहरु स्थानेश्वर दवाडी सीता अधिकारी गोरखा क्याम्पसका प्रमुख डाक्टर लेखनाथ शर्मा द्रब्यशाह क्याम्पसका सहायक क्याम्पस प्रमुख एकदेव अधिकारी मानवअधिकार संगठनका अध्यक्ष दिलबहादुर बस्नेत निमित्त जिल्ला शिक्षा अधिकारी बाबुराम देवकोटाप त्रकार महासँघका सचीव भीमलाल श्रेष्ठ उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष रामबाबु जोशी नेपाल शिक्षक संघका अध्यक्ष नुरेश्वर अधिकारी नेपाल दलित संघका इश्वर परियार लोकतान्त्रिक गैर सरकारी संघका कमला लामिछाने लोकतान्त्रिक महिला समूहकी सवीना धिताल वमबहादुर थापा श्रीकृष्ण पौडेल पम्फा गान्धारी विश्वनाथ वाग्ले लगायतले मन्तब्य राख्नुभएको थियो ।
No comments:
Post a Comment