७ बैशाख २०६७
नेपालका विभिन्न साँस्कृतिक सम्पदाको चिनारी गराउने उदेश्यले पुरातत्व विभागले गोरखा सदरमुकाममा ३ दिने फोटो प्रदर्शनी शुरु गरेको छ । पुरातत्व विभागका महानिर्देशक विष्णुराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिश प्रभा वस्नेतले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।सदरमुकामस्थित गोरखा संग्रहालयमा शुरु भएको प्रदर्शनीमा सुनसरीको बराहक्षेत्रलुम्बिनीमुक्तिनाथ लगायतका क्षेत्रको चिनारी गराउने ६४ वटा फोटो राखिएको छ । यस्तै प्रदर्शनीमा भोटे र कामी जातीको भेषभुषा पनि समाबेश गरीएको छ । विशेष गरी विद्यालय र क्याम्पस तहका विद्यार्थीहरुका लागि लक्षित फोटो प्रदर्शनीले साँस्कृतिक सम्पदाको संरक्षणका लागि उनीहरुलाई जागरुक गराउने गोरखा संग्रहालयका प्रमुख दामोदर गौतमले बताउनुभएको छ । निशुल्क प्रदर्शनीको अवलोकन गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । प्रदर्शनीको आज मात्रै २ हजारले अबलोकन गरेका छन् ।
No comments:
Post a Comment