Friday, May 21, 2010

बालअधिकारको सुनिश्चितताका लागि जोड

७ बैशाख २०६७
नयाँ संविधानमा बालअधिकारको सुनिश्चितताका लागि अभिभावकले पनि सघाउनुपर्नेमा गोरखामा आज आयोजित एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । नौलो घुम्ती नेपालको साझेदारी र मानवअधिकार तथा शान्ति समाजको सहयोगमा असल छिमेकी सहयोग संघले आयोजना गरेको नयाँ संविधानमा वालअधिकारको सुनिश्चितता विषयक अन्तकिर््रया कार्यक्रमका सहभागीहरुले संविधान निर्माणका क्रममा बालवालिकाका सवालहरु आझेलमा पर्न नदिनका लागि अभिभावकहरु पनि चनाखो हुनुपर्ने बताएका हुन् । महिला विकास अधिकृत अाजना पौडेलको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेको प्रमुख आतिथ्यताका भएको कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष यदु अधिकारीले नयाँ बन्ने संविधानमा बालअधिकार विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गोरखाको मुच्चोकसौरपानी र श्रीनाथकोटबाट आएका बालबालिकाहरुले राखेका बालअधिकार सँग सम्बन्धित विभिन्न जिज्ञासाहरुको मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दवाडीले जवाफ दिनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नगरसभापति राजनराज पन्त पत्रकार महासंघका अध्यक्ष किशोरजङ्ग थापाग्रामीण सुदृढिकरण केन्द्रका अध्यक्ष भीमलाल श्रेष्ठनौलो घुम्ती नेपालका शिव सुवेदी जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बाबुराम देवकोटा लगायतले पनि मन्तब्य राख्नुभएको थियो ।

No comments: