२ जेठ २०६७
छोराले मात्र बाबुआमाको किरीया गर्नुपर्छ भन्ने परम्परालाई तोडदै गोरखाको खेाप्लाङ गाविस ८ कुसुन्डेका २ किशोरीले बाबुको किरीया बसेका छन् । १८ बर्षीय कसीमायाँ आलेमगर र उनकी १६ बर्षीय बहीनी सरस्वति आले मगरले आफ्ना बाबु भुबलाल आलेको किरीया बसेका हुन् ।
रक्त क्यान्सरका कारण ५२ बर्षको उमेरमा गत २५ गते बाबुको मृत्यु भएपछी आमा मीना आलेको साथमा उनीहरु सेतो पहीरनमा किरीया बसेका स्थानीय नारायण बहादुर भट्टले जानकारी दिनुभएको छ । बाबुलाई दागबत्ति पनि उनीहरुले नै दिएका थिए । दाजुभाई नभएको र छोराले मात्र किरीया गर्नुपर्छ भन्न्ो परम्परा तोड्न यसो गरेको उनीहरुले बताएका छन् । छोरीले किरीया बसेपछी गाउलेले पनि समय सापेक्ष र उदाहरणीय काम गरेको प्रतिकि्रया दिएको भट्टले बताउनुभयो ।
No comments:
Post a Comment