Sunday, May 16, 2010

शैक्षीक गुणस्तर बृद्धीका लागी घरदैलो अभीयान संचालन

२ जेठ २०६७
गोरखाको बुंकोट गाविसको नवपृथ्वी युवा क्लबले गाविसको शैक्षीक गुणस्तर बृद्धीका लागी घरदैलो अभीयान चलाएको छ । नयु शैक्षीक सत्रको शुरुवातसगै विद्यालय उमेर पुगेर पनि विद्यालय नगएका बालबालीकाहरुलाई भर्ना गर्नका लागी गाविसको ९ वटै वडामा घरदैलो अभीयान साचांलन गर्ने क्लबका अध्यक्ष किरण श्रेष्ठले बताउनुभएको छ ।
हिजोबाट शुरु भएको अभीयान अन्तरगत वडा नं ८ र ९ बाट २० जना बालबालीकालाई विद्यालयमा भर्ना गर्न लगीएको उहाँले जानकारी दिनुभएको छ । घरदैलो अभीयान जेठ ९ गतेसम्म साचालन गर्ने क्लबले जनाएको छ । क्लबले बैशाख १ गतेदेखी नै गाविसको शैक्षीक अभीबृद्धीका लागी अन्तरकि्रया कार्यक्रम प्रचारप्रसार लगायतका विविध कार्यक्रम गर्दै आएको पनि अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

No comments: