Sunday, May 16, 2010

जीप दुर्घटनामा एक महिलाको मृत्यु

२ जेठ २०६७
तनहुँको डुम्रेबाट गोरखाको ठाटीपोखरीतर्फ यात्रु लिएर जाँदै गरेको ग १ च २९९२ नम्बरको जीप आज दिउँसो साँढे २ बजे तनहुँ भानु गाविस ५ अधेरीखोलामा दुर्घटना हुदा १ महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइते हुनेमा गोरखा पालुङटार ९ का कुलबहादुर गुरुङ पालुङटार ४ का भगीरथ गुरुङ जीप चालक पालुङटार ९ का तीर्थमान गुरुङ सोही ठाउँकी भोकमाया गुरुङ गाइखुर ९ का विनोद घर्ती ठेगाना नखुलेका अर्जुन रानाभाट र इलाम फिकेलका जितेन्द्र दाहाल रहनुभएको छ ।
मृतक र एकजना घाइतेको नाम खुल्न नसकेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ । घाइते मध्ये गम्भीर अवस्थाका भगीरथ गुरुङ कुलबहादुर गुरुङ र अन्य दुइजनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ भने बाँकीको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको प्रहरी नायब निरीक्षक अशोक रेग्मीले जानकारी दिनुभएको छ । ब्रेक फेल भई जीप सडक देखी करिब २० मिटर तल खसेको उहाँले बताउनुभयो ।

No comments: