२ जेठ २०६७
तनहुँको आँबुखैरेनीस्थित पृथ्वीराजमार्गमा ट्यांकरको ठक्करबाट स्थानिय सन्त बहादुर अधिकारीको मृत्युको बिषयलाई लिएर अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने क्रममा ११ जना स्थानियबासी घाईते भएका छन् । आँबु ३ स्थित मार्किचोकमा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीले घर घरमै गई स्थानियबासीमाथि लाठि प्रहार गरेको माअेावादी क्षेत्र नं १ ईन्चार्ज ईश्वर गौलीले आरोप लगाउनुभयो । जनपथ प्रहरीको निर्देशनमा शसस्त्र प्रहरी र जनपथ प्रहरीले लाठि प्रहार गर्दा स्थानियबासी घाईते भएको उहाँले दावी गर्नुभयो । घाईतेमध्ये केहीको दमौली आँबु र बाँकीको डुम्रेमा उपचार भैरहेकेा छ । प्रमुख प्रहरी निरिक्षक विरेन्द्र थापाले भने माथि डाँडामा बसेकाहरुको ढुंगा आक्रमणबाट उनीहरु घाईते भएको जानकारी दिनुभयो । उहाँले घटनास्थल वरपर नजिकै कुनै घर नभएको र कसैल्ााई लाठि प्रहार समेत नगरेको दाबी गर्नुभयो ।
No comments:
Post a Comment