Sunday, May 16, 2010

त्रिवेणी लिग फुटवल प्रतियोगिता शुरु

२ जेठ २०६७
बेसीशहरको सहजी खेल मैदानमा हिजोदेखि त्रिवेणी लिग फुटवल प्रतियोगिता शुरु भएको छ । हिजोको उद्घाटन खेलमा त्रिवेणी युवा क्लव निलोले आर।सी।टी क्लब मनाङे चौतारालाई ३-० ले पराजित गरेको छ त्यस्तै त्रिवेणी युवा क्लव सेतोले आदर्श युवा क्लव सहजीलाई १-० ले पराजित गरेको छ । मनकामना युवा क्वल साँदीखोलाले वेसीशहर युथ सोसाइटी सेरालाई ४-२ ले पराजित गरेको छ ।
लमजुङ मस्र्याङदी युवा क्लव बेसीशहरले खाजुङ युवा क्लव खाँचेलाई ४-० ले पराजित गरेको छ । त्रिवेणी युवा क्लवको आयोजना भएको सो प्रतियोगितामा जिल्ला भरका १० टिम सहभागि भएका सहकर्मी रामजी रानाले जानकारी दिनुभएको छ ।

No comments: