२ जेठ २०६७
बहुमुल्य जडिबुटी यासा्रगुम्बा संकलनको समय भएपछि गोरखाको उत्तरी सात गाविसका वासिन्दा लेकतिर जान थालेका छन् । जिल्लाको सिर्दिवास छेकम्पार चुम्चेत प्रोक विही ल्हो र सामागाउँ गाविसका वासिन्दा यासा्रगुम्बा संकलनका लागि घर छाडेर लेकतिर जान थालेका हुन् ।
सो क्षेत्रमा खेतीपाती नहुने भएकाले स्थानीय वासिन्दाले यासा्रगुम्बा बेचेर जीविको पार्जन गर्नुपर्ने भएकाले सात गाविसका वासिन्दा यासा्रगुम्बा संकलनमा ब्यस्त भएको सामागाउँका दोर्जे लामाले जानकारी दिनुभएको छ । गाउँलेहरुको भेलाले सबै घरबाट १÷१ जना मात्र यासा्रगुम्बा टिप्न जाने नियम बनाएको उहाँले बताउनुभयो । यासा्रगुम्बा टिप्ने समयमा सो क्षेत्रका विद्यालयमा समेत पढाइ नहुने र गाउँमा मानिस भेट्नै मुश्किल हुने आयोजना प्रमुख मधु क्षेत्रीले बताउनुभयो ।
गाविसमा रहेको संरक्षण क्षेत्र ब्यवस्थापन समितिले नियम बनाइ जीविकोपार्जनका लागि स्थानीय जडिबुटी संकलनको ब्यवस्था मिलाएको मनासलु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । स्थानीयले संकलन गरेको यासा्रगुम्बा तिब्बतमा लगेर बेच्ने गरेको सामागाउँका दोर्जे लामाले बताउनुभयो । उनीहरुले यासा्रगुम्बा प्रतिगोटा ५० देखि २०० भन्दा बढीमा बेच्ने गरेका छन् ।
जिल्लाको छेकम्पार र सामागाउँ गाविसमा बढी यासा्रगुम्बा पाइने मनासलु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । अन्य गाविसमा थोरै यासा्रगुम्बा पाइने भएपनि उनीहरुले अन्य गाविसमा यासा्रगुम्बा टिप्न नपाउने ब्यवस्था छ । बहुमुल्य जडिबुटी संकलनका लागि तिब्बतबाट समेत संकलकहरु गोरखा प्रवेश गर्ने गरेका छन् । तिब्बतबाट आउने मानिसहरु र स्थानीयवीच झगडा हुन सक्ने आशंकामा छेकम्पार प्रहरी चौकीबाट प्रहरी समेत यासा्रगुम्बा टिप्ने टोलीसंगै गएका प्रहरी निरीक्षक केदार खनालले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment