Sunday, May 16, 2010

गोरखामा विद्युत आपुर्ति बन्द

३ जेठ २०६७
गोरखामा हिजो साँझदेखि विद्युत आपुर्ति बन्द भएको छ । हिजो साँझ साँढे पाचबजेबाट अवरुद्ध भएको विजुली अहिलेसम्म नियमित हुन सकेको छैन । नेपाल विद्युत प्राधिकरण गोरखा शाखाले आँबुखैरेनीदेखि सदरमुकाम ल्याइएको मुख्य प्रशारण लाइनमा समस्या आएकोले आपुर्ति बन्द भएको जनाएको छ ।
हिजो सँुझदेखि प्राविधिकहरु परिचालन गर्दा पनि समस्या पहिचान हुन नसकेकोले आपुर्ति हुन नसकेको शाखा प्रमुख दिपेश खनालले बताउनुभयो । प्राबिधिकहरु आज विहानैदेखि समस्या पहिचान गर्न र मर्मतमा खटिएका उहुले बताउनुभयो । समस्या थाहा पाएपछि आज दिउँसो सम्ममा विद्युत आपुर्ति नियमित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

No comments: