६ जेठ २०६७
जिल्लाका असिना र हावाहुरीबाट प्रभावित भएका किसानहरुलाई राहत उपलब्ध गराउने तर्फ चासो नदिएको भन्दै किसान महासंघ गोरखाका जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । आफूहरुको मागको कुनै सुनुवाई नभएको भन्दै महासंघले बिहान साढे ११ देखि साढे एक वजेसम्म प्रशासन कार्यालय घेराउ गरेको हो । किसान महासंघले एक हप्ता अघि विज्ञप्ती जारी गर्दै जिल्लाका असिना र हावाहुरीबाट प्रभावित भएका किसानलाई न्यूनतम १० हजार रुपैया राहत उपलब्ध गराउन माग गरेको थियो । त्यस्तै जिल्लामा रासायनिक मलको अभाव भएको लामो समय भैसक्दा पनि मल उपलब्ध गराउन नसकेको भन्दै उसले भोली जिल्ला कृषि विकास कार्यालयमा अनिश्चितकालीन तालावन्दी गर्ने जनाएको छ । किसानलाई प्रत्यक्ष असर गर्ने विषयमा पनि सम्बन्धित निकायले चासो नदिएकोले वाध्य भएर संघर्षमा उत्रनुपरेको किसान महासंघ गोरखाका अध्यक्ष विपिनचन्द्र ढकालले बताउनुभएको छ ।
यसैविच आज साँझ आएको हावाहुरीले गोरखा तान्द्राङ्गको सिद्धकाली माध्यमिक विद्यालयको ४ कोठे भवनको छाना उडाएको छ । हावाहुरीले कार्यालयका कागजपत्र उडाउनुका साथै एउटा कम्प्युटरमा पनि क्षति पुर् याएको शिक्षक रामचन्द्र लामिछानेले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment