७ बैशाख २०६७
लमजुङ्ग अर्चलबोटको सघनबाली उत्पादक कृषक समुहले यसवर्ष वाली विकास निर्देशनालयबाट ६० हजार रुपैयाँ अनुदान प्राप्त गरेको छ । वाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक केशवप्रसाद पौडेलले समुहका कोषाध्यक्ष रुपबहादुर थापा र सचिव तीर्थराज अधिकारीलाई एक कार्यक्रमका विच ६० हजार रुपैयाँ अनुदान रकम हस्तान्तरण गर्नुभएको थियो । कृषक समुहले लोकतन्त्र जातको धानको विउ बृद्धि गर्ने कार्यक्रम ल्याएपछि निर्देशनालयले सो अनुदान रकम उपलब्ध गराएको हो । अर्चलबोटको एकसय रोपनी जग्गालाई आवश्यक पर्ने २ सय ४० किलो लोकतन्त्र जातको धानको विउपनि निर्देशनालयले उपलब्ध गराएको छ । अन्य धानको तुलनामा केही छिटो पाक्ने पराल राम्रो हुने स्वाद र गुणस्तरीयताको दृष्टिले पनि राम्रो देखिएकोले कृषकहरुले सो जातको धान रोप्ने तयारी गरेका छन् । सामुहिक तथा व्यवसायिक खेतीका लागि अर्चलबोटका कृषकहरु अन्य स्थानको तुलनामा निकै अगाडी देखिएका सहकर्मी रामजी रानाले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment