२ जेठ २०६७
गोरखा उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग विकास समिति गोरखाको आयोजनामा गोरखा सदरमुकाममा आजदेखि एक महिने फेशन डिजाइनिङ तालिम सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघ र एच डब्लु के माइन्ज जर्मनीको संघ साझेदारी कार्यक्रम अन्तर्गत साचालित कार्यक्रममा जिल्लाका बिभिन्न क्षेत्रका १६ महिला सहभागी रहेको गोरखा उद्योग वाणिज्य संघका तालिम संयोजक भगतवावु जोशीले जानकारी दिनुभएको छ ।
तालिमका सहभागीहरुलाई फेशन डिजाइनर उज्वला कपालीले तालिम दिनुहुनेछ । संघका अध्यक्ष रामबाबु जोशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बरिष्ठ उद्योग अधिकृत गोकर्णराज जोशी संघका महासचिव जीवनज्योति श्रेष्ठ लगायतले मन्तब्य राख्नुभएको थियो ।
No comments:
Post a Comment