२ जेठ २०६७
जनजाति पिछडीएको वर्ग एव अशिक्षीत महिलाहरुलाई समाजमा स्थापित गराउने उद्वेश्यले गोरखा सदरमुकामको पाटेचौरमा दुई महिने निशुल्क शिपमुलक ड्रेस मेकर तालिम सुरु भएको छ । स्किल नेपाल प्रा।लि। ललितपुरको आयोजना एवं रोजगार कोष हेल्भेटासको आर्थिक सहयोगमा साचालित तालिममा २० जना महिला सहभागी छन् ।
उनीहरुलाई अस्मिता वाईवा र नानी सापकोटाले तालिम दिनुभएको कार्यक्रम संयोजक दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । तालिम पछि प्रति महिना ३ हजार भन्दा वढी आम्दानी हुनुपर्ने लक्ष्यका साथ साचालन गरिएको तालिमको उद्योग वाणिज्य संघ गोरखाका सचिव भगवान वावु मास्केले उद्घाटन गर्नुभएको हो । प्रति ब्यक्ति १२ हजार खर्च हुने उक्त तालिम अवधिभर दैनिक ७ घण्टाका दरले प्रशिक्षार्थीलाई प्रशिक्षण गराइने संयोजक श्रेष्ठले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment