१६ जेठ २०६७
गोरखाको आधादर्जन भन्दा बढी गाविसहरुमा तीन सातादेखि विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाका पश्चिमी गाविसहरु च्याङ्ली धुवाकोट मिरकोट खोप्लाङ्ग हर्मी आँपपीपल पालुङ्टार गाईखुर लगायतका गाविसहरुमा वितरित विद्युत अवरुद्ध भएको हो ।
ती गाविसहरुमा दिउसोको समयमा कहिलेकही विद्युत आएपनि रातीको समयमा कहिल्यै पनि नआउने पीडित उपभोक्ताहरुले बताएका छन् । तनहँुको डुम्रेबाट बितरण गरिएको विद्युत लाइनमा समस्या आएकाले उपभोक्ताहरु रातको समयमा विद्युत सेवा लिनबाट विाचत भएका छन् । गाउँघरमा अध्यारोमा वत्ति वाल्न नपउदा निकै समस्या भएको खोप्लाङ्गका रामेश्वर पोखरेलले दुखेसो गर्नुभयो । यस विषयमा विद्युत प्राधिकरणलाई पटक पटक अनुरोध गर्दा पनि सधै आलटाल गरेको उहाँले बताउनुभयो ।
विद्युत प्राधिकरण गोरखा शाखाका प्रमुख दिपेश खनालले ती गाविसमा डुम्रेको लाइनबाट बितरण गरिएकोले कतै बिग्रएको हुनसक्ने बताउनुभयो । उहाँले तनहुँको सत्रसयमा ब्रेकर विगि्रएकाले विद्युत अनियमित हुनसक्ने भन्दै त्यसको मर्मत गरेको बताउनुभयो । प्राधिकरणले ब्रेकरको मर्मत गरेपछि विद्युत सेवा प्रभावकारी हुने भनेपनि हालसम्म समस्या नसुल्झिएको स्थानीय वासिन्दाको भनाइ छ ।
No comments:
Post a Comment