१८ जेठ २०६७
गोरखनाथ प्रकट दिवशको अवसर पारेर बैशाख पुर्णिमा देखि गोरखाको गोरखनाथ मन्दिरमा सुरु भएको रोट महोत्सवको आज छैठौ दिन पनि मन्दिर क्षेत्रमा भक्तजनहरुको घुँइचो लागेको छ । गुरु गोरखनाथलाई खुशी बनाए सुख शान्ति र समृद्धि प्राप्त हुने विश्वासमा देशका बिभिन्न जिल्लाबाट भक्तजनहरु रोट चढाउन आएका आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । महोत्सवमा जिल्ला भित्र र बाहिरका गरी १ हजार भक्तजनहरु आएका छन् भने भजन सुन्न र महोत्सवको अवलोकन गर्न पनि उल्लेख्य संख्यामा अवलोकनकर्ताहरु गोरखनाथ आश्रममा पुगेका छन् ।
चामलको पिठोमा चिनी नरिवल दालचिनी ल्वाङ सुकुमेल लगायतका ५२ थरी मसलाहरु मिलाएर बनाइने परिकारलाई रोट भनिन्छ । रोट गुरु गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने परिकार भएकाले उहाँलाई खुशी पार्न र देशमा आध्यात्मिक जागरण ल्याउन महोत्सव गरिएको शक्ति केन्द्रका साधक रामजी अर्यालले जानकारी दिनुभएको छ । हाल दैनिक १० हजार भन्दा बढी रोट चढिरहेको र दैनिक भजन किर्तन र गुरु पुजन लगायतका कामहरु साचालन भइरहेका छन् ।
महोत्सवमा आउने भक्तजनको लागि आयोजकले खाने वस्ने ब्यवस्था मिलाएको छ भने स्वास्थ्य शिविर पनि साचालन गरेको छ । ११ दिनसम्म चल्ने महोत्सवमा गुरु गोरखनाथलाई सवालाख रोट चढाइने आयोजकले जनाएको छ । महोत्सव अबधिमा सिद्धाश्रम शक्ति केन्द्रले सवालाख रोट चढाउछ भने बिभिन्न ठाउँबाट रोट चढाउन पिठो लिएर आउने भक्तजनपनि बढेका छन् ।
No comments:
Post a Comment