१५ बैशाख २०६७
एकिकृत माओवादीले मजदुर दिवशको अवसरमा गर्न लागेको जनप्रदर्शनका लागि आज गोरखाबाट एक हजार भन्दा बढी युवाहरु काठमाडौ गएका छन् । जिल्लाका बिभिन्न ठाउँका युवाहरु सदरमुकाम आरुघाट १२ किलो पालुङार लगायतका बाटो भएर काठमाडौ गएका हुन् । काठमाडौमा हुने प्रदर्शनका लागि आजमात्र एक हजार युवा काठमाडौ गएका जिल्ला सेक्रेटरी प्रकाशले बताउनुभयो ।
माओवादीले काठमाडौ पोखरा र जिल्ला सदरमुकाममा नै हुने प्रदर्शनमा सहभागी हुने कार्यकर्ता निर्धारण गरी परिचालन गरेको छ । माओवादी युवाहरु प्रदर्शनका लागि राजधानी र पोखरा जान थालेपछि प्रहरीले पनि सुरक्षा जाँच बढाएको छ । प्रहरीले गोरखा आँबुखैरेनी सडकमा विरेन्चोक र मझुवा देउरालीमा वसमा सवार यात्रुहरुमा चेकजाँच गरेको छ । त्यसैगरी आरुघाट नयाँसाघु घ्याम्पेशाल ठाँटीपोखरी लगायतका ठाउँमा पनि चेकजाँच बढाएको प्रहरी नायब उपरीक्षक विष्णु केसीले बताउनुभयो ।
प्रहरीले चेकजाँचलाई नियमित भनेको छ । शान्ति सुरक्षाको अवस्थालाई ध्यान दिएर चेकजाँच तीब्र बनाएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।
No comments:
Post a Comment