१५ बैशाख २०६७
युरोपेली युनियन र असल छिमेकी सहयोग संघ गोनेसाको सहयोगमा नौलो घुम्ती नेपालद्धारा गोरखाको बिभिन्न १० गाविसमा गुणस्तरिय शिक्षाका लागि विद्यालय क्षमता अभिवृद्धि कार्यक्रम लागु हुने भएको छ । जिल्लाको सौरपानी श्रीनाथकोट मसेल मुच्चोक गाँखु फिनाम नारेश्वर ताकुमाझ लाकुरीबोट अश्राङ र ताप्ले गाविसमा सो कार्यक्रम लागु गर्न लागेको हो ।
सो कार्यक्रम लागु भएपछि विद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याउने विपन्न सीमान्तकृत अल्पसंख्यक समुदायको विद्यार्थी भर्नादरमा वद्धि गर्ने र जिल्लामा सुविधासम्पन्न सामुदायिक सुूचना केन्द्र स्थापना गर्ने कार्यक्रम संयोजक पोष्टबहादुर केसीले बताउनुभयो ।
विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयसम्म पुर् याउने शिक्षक अभिभावक र वालक्लबको क्षमता अभिवृद्धिका कामहरु साचालन गरिने उहाँले बताउनुभयो । कार्यक्रम साचालन हुने प्रत्येक गाविसमा एक माध्यामिक सहित ती विद्यालय छनोट गरिने र ५ वर्षसम्म ती विद्यालय र विद्यार्थीहरुमाथि निरन्तर अनुगमन गर्ने फिल्ड अधिकृत विरबल घलेले बताउनुभयो । संस्थाले आफ्नो कार्यक्रम प्रभावकारी बनाउन जिल्ला शिक्षा समिति अध्यक्षको संयोजकत्वमा जिल्ला स्तरिय परियोजना अनुगमन समिति गठन गरेको छ ।
कार्यक्रमबारे जानकारी गराउन संस्थाले आज गोरखा सदरमुकाममा एक अन्तरकि्रर्या कार्यक्रम आयोजना गरेको थियो । संस्थाका सचिव पदमराज पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ नेकपा एमालेका सचिव सम्झना देवकोटा कार्यकारी अधिकृत रामप्रसाद ज्ञावाली महिला विकास अधिकृत अाजना पौडेल लगायतले कार्यक्रमको प्रभावकारीताको कामना गरेका थिए ।
No comments:
Post a Comment