१७ बैशाख २०६७
लमजुङ जिल्लाले पर्यटन वर्ष २०११ को सुभारम्भ कार्यक्रम ग्रामिण पर्यटकीय गाउँ घलेगाउँबाट गर्ने भएको छ । जिल्ला पर्यटन गुरु योजना निमार्ण समितीको सचिवालयमा भएको एक भेलाले यही बैशाख २३ गतेदेखि हुने ११ औं घलेगाउँ महोत्सवको अवसरमा पर्यटनवर्षको औपचारिक घोषणा गर्ने निर्णय गरेको हो ।
पर्यटन गुरुयोजना निर्माण समितिको आयोजनामा भएको सो भेलाले समितिका सदस्य एवं लमजुङ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष रामकुमार श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय पर्यटन वर्ष जिल्ला सुभारम्भ कार्यक्रम व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा कृष्णराज ओलिया प्रेम घले मिना गुरुङ र खड्ग बहादुर गुरुङ रहेका छन् ।
सन् २०११ मा जिल्लामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको पनि समितिले जनाएको छ । लक्ष्य पुरागर्नको लागि समितिले जिल्लाका प्रत्येक गाउँलाई पर्यटकीय गाउँका रुपमा विकास गर्न चेतनामूलक कार्यक्रम अन्र्तकृया भ्रमण जस्ता कार्यक्रम गर्ने योजना अघि सारेको छ । त्यस्तै होमस्टेका लागि निश्चित मापदण्ड तोक्ने र सदरमुकाम लगायतका बजार केन्द्रहरुमा पर्यटन सुचनाकेन्द्रको स्थापना गर्ने जनाईएको छ ।
No comments:
Post a Comment