Friday, April 30, 2010

विस्फोटक पदार्थ तनहुँमा नियन्त्रणमा

१७ बैशाख २०६७
विस्फोटक पदार्थ लिएर लमजुङबाट काठमाण्डौं जाँदै गरेका ६ जनालाई आज प्रहरीले तनहुँको आँबुखैरेनीबाट नियन्त्रणमा लिएको छ । लमजुङवाट काठमाण्डौं जाँदै गरेको बा १ ज ९७३५ नम्वरको माईक्रोबस जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा रामेछापका धनबहादुर तमाङ सोनाम घोताङ िसंहबहादुर तमाङ मानबहादुर तमाङ दमै घिसिङ र संखुवासभाका कबिन जिमी रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुबाट प्रहरीले ५ केजी जिलेटिन ७२ थान केप र ३ सय मिटर लामो बिजुलीको तार बरामद गरेको छ ।
नियमित चेकजाँचको क्रममा दिउँसो ४ वजे माइक्रोवसको छतमा राखिएको विष्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यलय तनहुँवले जनाएको छ । माओवादीले भोलि शनिवारदेखि राजधानीमा गर्ने भनेको आन्दोलनको लागि सो विस्फोटक पदार्थ लैजादै गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

No comments: