१८ बैशाख २०६७
सिमेन्ट बोकेर मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २८९३ नम्बरको ट्रक तनहुँको आँबुखैरेनीस्थित मस्र्याङदी नदिमा खसेको छ । ट्रक आँबुखैरेनी गाविस वडा नं ७ स्थित मस्र्याङदी जलविद्युत परियोजनाको पावरहाउस नजिकै पृथ्वी राजमार्गबाट खसेर नदीमा डुबेको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभएको छ । नदीमा डबुको ट्रक भने अझै निकाल्न नसकिएको उहाँले बताउनुभयो । नदिमा पानी धमिलो भएकाले उद्धारमा कठिनाई भैरहेको घटनास्थलमा खटिनुभएका प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
No comments:
Post a Comment