१८ बैशाख २०६७
गॊरखाको गाईखुर गाउँ विकास समितिको पौवाटारमा स्थानिय सामाजिक संघ संस्थाको दुई भवनको शिलान्यास भएको छ । स्थानिय स्तरमा कि्रयाशिल मस्र्याङ्गदी भू।पु।सैनिक तथा प्रहरी संगठनको भवन र ठुलो पाखा सामुदायिक वनको भवन प्रमुख जिल्ला अधिकारी कमल मणी काफ्लेले एकै साथ शिलान्यास गरीएको हो । शिलान्यास गरीएको भू।पु।सैनिक तथा प्रहरी संगठनको भवन तिन कोठे र सामुदायिक वनको एक कोठे रहेको छ । कार्यक्रममा भैरवी दल गणका सेनानी राजाराम के।सी। प्रहरी नायव उपरिक्षक विण्णु प्रसाद के।सी। राष्ट्रिय अनुसन्धान गोरखाका प्रमुख कमल थापा भू।पु।सैनिक तथा प्रहरी महासंघका केन्द्रिय महासचिव पुर्ण वहादुर श्रेष्ठ सचिव कृण्ण के।सीले मन्तब्य ब्यक्त गर्दै राजनितिवाट पर रहेर सामाजिक काममा सकि्रय रहेर सहयोग गर्न भुपु सैनीक एवम् प्रहरीहरुलाई आग्रह गर्नु भएको थियो ।
No comments:
Post a Comment