१६ बैशाख २०६७
गोरखामा संक्रमणकालिन न्यायको क्षेत्रमा काम गर्नका लागि बिभिन्न तीन गैर सरकारी संस्थाले न्यायमार्फत शान्ति नामक परियोजना साचालन गर्न थालेका छन् । हिमाली क्षेत्र विकास केन्द्र ग्रामीण सुदृढिकरण केन्द्र र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्रले संयुक्त राष्ट्रसंघीय मानव अधिकारको उच्च आयुक्तको कार्यालयको सहयोगमा द्वन्द्व पीडितहरुको सहयोगका लागि कार्यक्रम साचालन गर्न लागेको हो ।
यसै वर्षको अपि्रल महिनादेखि सुरु भइ ६ महिनासम्म साचालन हुने कार्यक्रमले द्वन्द्वपीडितहरुका लागि रेडियो कार्यक्रम उत्पादन गर्ने उनीहरुलाई मनोसामाजिक परामर्श दिने र जिल्लाको द्वन्द्वपीडितहरुको पाश्र्वचित्र तयार गर्ने कार्यक्रम संयोजक काजीराम रोकाले जानकारी दिनुभएको छ ।
कार्यक्रम अबधिमा जिल्लाको ताप्ले फिनाम नारेश्वर अश्राङ बुंकोट थालाजुङ गाँखु खोप्लाङ छोप्राक हर्मी आरुपोखरी आरुआर्बाङ्ग आरुचनौटे मान्वु र थुमी गाविसमा एक दिने अन्तरकि्रर्या कार्यक्रम साचालन गर्ने उहाँले बताउनुभयो । तीनवटा संस्थाले संयुक्त रुपमा गर्न लागेको कार्यक्रमबारे आज सदरमुकाममा एक अन्तरकि्रर्या कार्यक्रम गरी जानकारी गराइएको थियो ।
सो अवसरमा जिल्ला न्यायधिश प्रभा वस्नेत नेपाली कांग्रेसका सदस्य राजनराज पन्त नेकपा एमालेका जिल्ला सचिव सम्झना देवकोटा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दुवाडी जिल्ला अध्यक्ष यदु अधिकारी नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कैलाशबाबु श्रेष्ठ उद्योग वाणिज्य संघका अध्यक्ष रामबाबु जोशी जिल्ला शिक्षा अधिकारी योगराज भट्टराई नेपाल वार एशोसिएशनका अध्यक्ष रामबहादुर पोखरेल निर्माण ब्यावसायी संघका अध्यक्ष धिरजबहादुर मास्के गाविस सचिव लालप्रसाद भट्टराईले मन्तब्य राख्नुभएको थियो ।
हिमाली क्षेत्र विकास केन्द्रका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्रामीण सुदृढिकरण केन्द्रका अध्यक्ष भीमलाल श्रेष्ठले परियोजनाको बारेमा जानकारी गराउनुभयो ।
No comments:
Post a Comment