३० वैशाख २०६७
अखिल नेपाल किसान महासंघ गोरखाले असिना र हावाहुरीले क्षति बेहोरेका किसानहरुलाई न्युनतम १० हजार राहतको माग गरेको छ । बिभिन्न समयमा हावाहुरी र असिनापानीबाट प्रभावित क्षेत्रका किसानहरुको क्षति प्रमाणीकरण गरी प्रमाण पुगेका किसानलाई न्युनतम १० हजार रुपियाँ उपलब्ध गराउन महासंघले माग गरेको हो ।
महासंघका अध्यक्ष विपिनचन्द्र ढकालले आज एक विज्ञप्ति जारी गरी रासायनिक मल समयमा उपलब्ध गराउन नसक्नु सरकारको लाचारीपन भएको दावी गर्दै जेठ १ गतेसम्म जिल्लामा मल उपलब्ध हुन नसकेमा चरणबद्ध आन्दोलन गर्ने जनाइएको छ ।
आन्दोलन अन्तर्गत जेठ १ देखि ३ गतेसम्म प्रचारप्रसार गर्ने जेठ ५ गते कृषि कार्यालयमा सचेत पत्र बुझाउने अध्यक्ष ढकालले बताउनुभयो । त्यसैगरी ६ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने र माग पुरा नभएमा जेठ ७ गते जिल्ला कृषि विकास कार्यालय अनिश्चितकालका लागि तालाबन्दी गर्ने उहाँले बताउनुभयो ।
No comments:
Post a Comment