Thursday, May 13, 2010

गोरखामा १० नीजी विद्यालय थपिए

३० वैशाख २०६७
गोरखामा यसवर्ष १० वटा निजी विद्यालय थपिएका छन् । थपिएका मध्ये एउटा सदरमुकामको छ भने बाँकी सबै ग्रामीण क्षेत्रका छन् । जिल्ला शिक्षा कार्यालयमा शिक्षण अनुमति माग गर्नेमध्ये जिल्ला शिक्षा समितिले १० वटा निजी विद्यालयलाई कक्षा १ मा अध्यापन गराउन अनुमति दिएको कार्यालयका शाखा अधिकृत बाबुराम देवकोटाले जानकारी दिनुभएको छ ।
नयाँ स्वीकृती पाउने निजी विद्यालयमा गोरखा नगरपालिकाको शुर्यमुखी बोर्डिङ्ग स्कुल नारेश्वरको मनासलु एजुकेशनल एकेडेमी फुजेलको चिल्ड्रेन ग्ल्याड स्कुल फिनामको अक्सफोर्ड इन्टरनेशनल स्कुल च्याङ्लीको शुर्य मेमोरियल बोर्डिङ्ग रहेका छन् । त्यसैगरी आँपपीपलको नेपाल ग्लोबल युनिभर्शल देउरालीको मनकामना कि्रयटिभ स्कुल ताकुकोटको फ्युचर डि्रम स्कुल पाँचखुवा देउरालीको द सनसाइन स्कुल र दर्बुङ्गको बुढीगण्डकी पब्लिक स्कुलले पनि कक्षा १ को अनुमति पाएका छन् ।
प्रचलित शिक्षा ऐन नियमावली अनुसार नयाँ विद्यालयको अनुमति माग भएका विद्यालयलाई जिल्ला शिक्षा समितिको निर्णयमा साचालन अनुमति दिएको जिल्ला शिक्षा अधिकारी योगराज भट्टराईले जानकारी दिनुभएको छ । संबन्धित विद्यालय निरीक्षक र श्रोत ब्याक्तिले स्थलगत अध्ययन गर्दा ऐन नियमले तोकेको पुर्वाधार पुरा गरेका विद्यालयलाई शिक्षा समितिले बैठकले अनुमति दिने प्रावधान रहेको उहाँले बताउनुभयो ।
अभिभावकहरुले सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयमा पढाउन रुचाएकोले गाउँगाउँमा पनि निजी विद्यालय खुल्न थालेको शिक्षा कार्यालयले बताएको छ । निजी विद्यालयले अंग्रेजी माध्याममा पढाउने भएकाले पनि अभिभावकहरु पनि त्यतैतिर आकर्षित भएको शिक्षा अधिकारी भट्टराइले बताउनुभयो ।
त्यसैगरी यसैवर्षदेखि सदरमुकामको अन्नपुर्ण आवासिय विद्यालय बुंकोटको न्यु होराइजन एकेडेमी र गाइखुरको गोरखा मोर्डन स्कुलले निम्न माध्यामिक तहको अनुमति पाएका छन् । यससंगै निम्न माध्यामिक तह अध्ययन गराउन निजी विद्यालयको संख्या पुगेको छ । आरुघाटको न्यु होराइजन बोडिङ्ग स्कुलले यसवर्षदेखि माध्यामिक तहको पठन पाठन अनुमति पाएको छ । यो संगै माध्यामिक तह साचालन गर्ने निजी विद्यालयको संख्या ४ पुगेको शिक्षा कार्यालयले जनाएको छ ।

No comments: