Friday, May 14, 2010

गोरखाका दुर्गम क्षेत्रका विद्यालयले पनि मावि तहको पठन पाठन अनुमति पायो

३१ बैशाख २०६७
गोरखाको दुर्गम क्षेत्रका विद्यालयले माध्यामिक तहको पठन पाठन अनुमति पाएपछि विद्यालय टाढा भएर कक्षा छाड्नेहरुले गाउँमै पढ्न पाएका छन् । यसवर्ष जिल्लाका १० विद्यालयले माध्यामिक तहको अनुमति पाएपछि दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई सजिलो भएको छ । यसवर्ष कक्षा ९ पढाउन अनुमित पाउनेमा घैरुङको हिमालय निमावि ताङ्लीचोकको ताङ्लीचोक निमावि धुवाँकोटको मदनेडाडाँ निमावि गाँखुको कृष्णज्योति निमावि र हिमाली निमावि ताकुकोटको अन्तरज्योति निमावि छन् । त्यसैगरी काशीगाउँको माजुश्री निमावि सौरपानीको सिदार्थ निमावि मुच्चोकको ताराचन्द्र निमावि र आरुचनौटेको नेप्लिज एड्भान्स निमाविले पनि कक्षा ९ पढाउने अनुमति पाएको छ ।
शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को चौथो संसोधन २०६६ अनुसार भवन फर्निचर स्थायी आयश्रोत ४५ जना विद्यार्थी संख्या भएको विद्यालयले माथिल्लो तहको अध्ययनको स्वीकृति पाउने जिल्ला शिक्षा कार्यालय गोरखाका शाखा अधिकृत बाबुराम देवकोटाले जानकारी दिनुभएको छ । तह वृद्धिका लागि संबन्धित विद्यालयले समान तहका तीनवटा छिमेकी विद्यालयको स्वीकृति पनि लिनुपर्ने ब्यवस्था ऐनले गरेको छ ।
माध्यामिक विद्यालय थपिएपछि गोरखाको दुर्गम गाउँका विद्यार्थीहरु माथिल्लो तह अध्ययनका लागि टाढा जानुनपर्ने भएको छ । यसवर्ष तह थपिएका धेरैजसो विद्यालय दुर्गम क्षेत्रमा रहेको शिक्षा कार्यालयले जनाएको छ । दुर्गम गाउँको विद्यालयको तह वृद्धि भएपछि विद्यालय टाढा भएकै कारण पढाइबाट विाचत विद्यार्थीले माथिल्लो तहसम्म गाउँमै पढ्न पाउने शाखा अधिकृत देवकोटाले बताउनुभयो ।
यसैवर्षदेखि ७ वटा विद्यालयले कक्षा १० को अनुमति पाएका छन् । जसमा बोर्लाङ्गको पाटनदेवी मावि छोप्राकको धर्मावती मावि घ्याच्चोकको ध_िन्सरा मावि आरुआर्बाङ्गको इन्द्रकन्या मावि केरौजाको केरौजा मावि तान्द्राङको नवज्योति मावि र धावाको भगवती मावि रहेका छन् । यससंगै जिल्लामा माध्यामिक तहको पढाइ हुने विद्यालयको संख्या ९० भन्दा बढी पुगेको शिक्षा कार्यालयको तथ्याङ्कले देखएको छ ।

No comments: