३१ बैशाख २०६७
दरबन्दीका स्वास्थ्यकर्मीहरु एक वर्षदेखि नआएपछि गोरखाको लापु गाविस लापुवेशीको उपस्वास्थ्य चौकी पियनको भरमा साचालन भइरहेको छ । उपस्वास्थ्य चौकीको अहेब शान्तामाया गुरुङको गएको असार महिनामा सरुवा भएपछि कार्तिकमा एक महिनाका लागि प्रमेन्द्र देव हाजिर भएपनि त्यसपछि पियन छुकी गुरुङकै भरमा साचालन भइरहेको हो ।
उपस्वास्थ्य चौकीमा दरबन्दी रहेको मासिका शुसिला कुँवर पनि खोप साचालनका लागि महिनामा एक पटक मात्र आउँने हुदा विरामीहरु स्वास्थ्य सेवा लिन एक दिन टाढाको आरुघाटमा उपचार गर्न जानुपरेको स्थानीय शिक्षक सुधिर अर्यालले जानकारी दिनुभएको छ ।
स्वास्थ्यकर्मी नहुदा स्थानीयले साधारण स्वास्थ्य सेवा पनि पाउन सकेका छैनन् भने म्याद नाघेका औषधी समेत नष्ट गरिएका छैनन् । साधारण विरामीलाई पियनले औषधी दिदै आएपनि म्याद नाघेका औषधी पर्ने संभावना बढेको शिक्षक अर्यालले बताउनुभयो ।
स्वास्थ्यकर्मी नभएकोबारे जिल्ला स्वास्थ्य कार्यालयलाई पटक पटक जानकारी गराँउदा पनि वेवास्ता भएको स्थानीयले बताएका छन् । स्वास्थ्य कार्यालयले भने अहेबलाई स्वास्थ्य विभागले सरुवा गरेकोले आफुहरुले केही गर्न नसक्ने बताएको छ । अहेबलाई बिभागले सरुवा गरेर उनको ठाउँमा अर्को मानिस नपठाएकोले खाली भएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर गुणराज लोहनीले जानकारी दिनुभएको छ ।
उहाँले उपस्वास्थ्य चौकीमा अहेब नभएपनि लापु गाउँमा जिल्ला विकास समितिको सहयोगमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरी सेवा साचालन गर्दै आएकेा बताउनुभयो । गाविसका धेरैजसो सेवाग्राहीलाई लापु गाउँको स्वास्थ्य केन्द्र नै नजिक पर्ने भन्दै उहाँले उपस्वास्थ्य चौकीम्ाा स्वास्थ्यकर्मी नहुदा असर नपर्ने दावी गर्नुभयो ।
No comments:
Post a Comment