Saturday, May 15, 2010

जीप पल्टिदा चालक घाइते

१ जेठ २०६७
तनहुँको डुम्रेबजारबाट गोरखाको हर्मी गाविसको निमारेतर्फ यात्रु लिएर जाँदै गरेको जीप आज दिउँसो साँढे ४ वजेतिर पालुङटार १ भण्डारथोकमा पल्टिदा चालक घाइते भएका छन् । दुर्घटनामा परी वसका चालक प्रकाश श्रेष्ठ घाइते भएको र उहाँ अचेत अवस्थामा रहनुभएको स्थानीय सीताराम गुरुङले जानकारी दिनुभएको छ ।
उहाँको ठाँटीपोखरीको स्वास्थ्य संस्थामा उपचार भएको उहाँले बताउनुभयो । सामान र यात्रु लिएर गुडेको ग १ ज ४६ ४१ नंबरको जीप अत्याधिक चाप भएकाले सडक छेउमा नै पल्टेको स्थानीयको अनुमान छ । दुर्घटनामा जीपमा सवार अन्य यात्रुहरु भने घाइते नभएका गुरुङले बताउनुभयो । डुम्रेबाट हर्मी जाने दुइवटा वसमध्ये एउटा आज नचलेका कारण जीपमा यात्रुको चाप बढेको स्थानीयले बताएका छन् ।

No comments: