१ जेठ २०६७
यसवर्ष गोरखाका १३ विद्यालयले निम्न माध्यामिक तहको पठन पाठन अनुमति पाएका छन् । भौतिक पुर्वाधार श्रोत साधन र विद्यार्थी संख्या पुर् याएका प्राथमिक विद्यालयलाई निम्न माध्यामिक तहको अनुमति दिएको शिक्षा कार्यालयले जनाएको छ । अनुमति पाएका सबै विद्यालयले यसै शैक्षिक सत्रदेखि ६ कक्षाको पढाइ साचालन गरिसकेका छन् ।
शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को चौथो संसोधन २०६६ अनुसार प्रकि्रया पुर् याएर आएका विद्यालयलाई जिल्ला शिक्षा समितिको निर्णयले माथिल्लो तहको अनुमति दिएको शिक्षा कार्यालयका शाखा अधिकृत बाबुराम देवकोटाले जानकारी दिनुभएको छ ।
विद्यालयले तह वृद्धिका लागि दिगो आर्थिक ब्यवस्था जनशक्तिको अवस्था आमभेलाको निर्णय समान तहको विद्यालयको सिफारिश आदि पेश गर्नुपर्ने ब्यवस्था रहेको उहाँले बताउनुभयो । यसवर्ष निम्न माध्यामिक तहको अनुमति पाउनेमा घ्याल्चोकको चण्डेश्वरी प्रावि भुम्लीचोकको तोमनडाडाँ प्रावि फुजेलको अकला प्रावि र वटुकी प्रावि नाम्जुङको सरस्वती प्रावि सिम्जुङको जीवनज्योति प्रावि र छोप्राकको सर्वोदय प्रावि रहेका छन् ।
त्यसैगरी श्रीनाथकोटको श्रीनाथकोट प्रावि मुच्चोकको मुच्चोकटार प्रावि मसेलको कनकामना प्रावि सदरमुकामको अन्नपुर्ण अंग्रेजी आवसिय विद्यालय बुंकोटको न्यु होराइजन एकेडेमी र गाइखुरको गोरखा मोर्डन स्कुलले पनि निम्न माध्यामिक तहको अनुमति पाएका छन् ।
No comments:
Post a Comment