Saturday, May 15, 2010

बालबालिकाहरु बाल विकास केन्द्रतर्फ आकर्षित

१ जेठ २०६७
लमजुङको विकट फनेनीका बालवालिकाहरु आजभोली बाल विकास केन्द्रतर्फ आकर्षित हुन थालेका छन् । फलेनी गाविस वडा नम्बर ३ फलेनी गाउँमा रहेको शिशुस्याहार बालविकास केन्द्रमा अहिले ५४ जना वालवालिका दैनिक रुपमा पढ्ने गर्छन् ।
सरकारको सहयोगमा वालवालिकालाई निशुल्क पोशाक उपलब्ध गराईएपछि वालविकास केन्द्रमा झनै चाप बढेको छ ।
२०६३ सालमा स्थानीयबासिन्दाको सकि्रयतामा साचालन गरिएको शक्ति शिशुस्याहार वालविकास केन्द्रमा स्थापना कालमा न्यून संख्यामा बालवालिका उपस्थित भएपछि स्थानीयवासिन्दाले घरघरमा बालवालिका जम्मा पार्ने अभियान थालेका थिए ।
स्थानीयवासिन्दाको सकि्रयतामा स्थापना गरिएको बाल विकास केन्द्रमा अहिले तीनजना कर्मचारीद्धारा बालबालिकालाई सेवा प्रदान गर्दै आएकाछन् ।
वालवालिकालाई रचनात्मक कि्रयाशील सिर्जनशील जिज्ञासु बनाउन वालविकास केन्द्रले मद्दत पुर् याउने भएकोले अभिभावकको आर्कषण पनि वालविकास केन्द्रमा बढ्दै गएको छ ।

No comments: