१ जेठ २०६७
गोरखा उद्योग वाणिज्य संघले तौल नपुगेका दैनिक उपभोग्य सामग्री बिक्री गर्ने ब्यापारीलाई कारबाही गर्ने जनाएको छ । निर्धारित तौलभन्दा कम तौलको सामग्री बिक्री गरी उपभोक्ता ठगेको गुनासो उपभोक्ताबाट आएपछि संघको आजको बैठकले त्यस्ता ब्यापारीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।
गोरखा सदरमुकाम र मुख्य ब्यापारिक केन्द्रमा चामल आलु मल दाना प्याज लगायतका दैनिक उपभोग्य बस्तुहरुमा निर्धारित तौल नपाइएको भन्दै ब्यापारीहरुलाई निर्धारित तौलकै सामान बेच्न आग्रह संघले गरेको छ । संघले तौल घटाएर सामान वेचेको पाइएमा कारबाही गर्ने समेत निर्णय गरेको महासचिब जीवनज्योति श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि गोरखाबजारमा ३० किलोग्रामको चामलको बोरामा २७ किलो ५० किलोको आलुको बोरामा ४७ किलो २० किलोको प्याजको बोरामा १७ किलो ५० किलोको दानाको बोरामा ४७ किलो दाना बिक्री हुँदै आएको थियो । थोक बिक्रेताले बोरामा तौल घटाएर ग्रामीण क्षेत्रका ब्यापारीलाई बेच्ने गरेको पाइएको महासचिव श्रेष्ठले बताउनुभयो । संघले आगामी दिनमा चामल २५ र ३० किलो भन्दा घटाएर बेच्न नपाइने निर्णय गरेको छ त्यसैगरी रासायनिक मल ५० किलो दाना ५० किलो प्याज २० किलोभन्दा घटाएर बेच्न नपाइने निर्णय गरेको महासचिव श्रेष्ठले बताउनुभयो ।
सदरमुकामका पसलहरुमा भेटिएको रासायनिक मल गुणस्तरहिन नभएको ब्यापारीहरुले दावी गरेका छन् । उनीहरुले सरकारको अनुमति लिएर मात्र मल बिक्री गरेको दाबी गरेका छन् । टेण्डर प्रकि्रया अनुसार नेपाल सरकारको अनुमति लिएर मात्र मल बिक्री गरेकोमा केही दिन अघि गलत प्रचार भएको उनीहरुले बताएका छन् । रासायनिक मल बेच्ने शान्तमान श्रेष्ठ काजीराम श्रेष्ठ र श्याम जोशीले सम्बन्धित निकाय प्रशासन र पत्रकारहरुसँग स्पष्टीकरण दिन बातावरण मिलाइदिन उद्योग वाणिज्य संघलाई आग्ह गरेका छन् । केही दिन अघि जिल्ला कृषि विकास कार्यालय र प्रशासनले अनुगमन गर्दा उहाँहरुको पसलमा भेटिएको मल गुणस्तरहीन भन्दै विक्रीका लागिप प्रतिबन्ध लगाएको थियो ।
No comments:
Post a Comment