२६ बैशाख २०६६
झण्डै एक हप्तादेखि बन्द वेसीशहर-चामे सडकको निर्माणकार्य आजदेखि सुचारु भएको छ । एकीकृत माओवादीको हड्तालका कारण बन्द सडक निर्माणका लागि आवश्यक समाग्रीको हिजो दिनभर ढुवानी गरिएपछि विहानैदेखि मजदुर आ-आफ्नो काममा खटिएका छन् । नेपाली सेनाको सडक निर्माण कार्यदल गणले १५ वर्षदेखि निर्माण गर्दै आएको लमजुङ सदरमुकाम वेसीशहरदेखि मनाङ सदरमुकाम चामेसम्मको कुल ६५ किलोमीटर सडकमध्ये करिव ५४ किलो मिटर सडकको ट्रयाक खनिसकेको छ ।
बाँकी भागमा करीब पाँचसय मजदुरले सडक खन्ने कार्य गरिरहेको वेसीशहर-चामे सडक निर्माण कार्यदल गणले जनाएको छ ।
यसैविच लमजुङको गाउँशहर गाविसका वासिन्दाले आफ्नै पहलमा मस्र्याङ्दी नदीसम्मको मरणघाट जाने गोरेटो बाटो निर्माण गरेका छन् । गाउँशहरको झप्रीखेत हुँदैं मस्र्याङ्दी नदीसम्मको मरणघाट जाने बाटो निर्माण गरेपछि झप्रीखेत थापागाउँ मगरपात्ले र बोहोराबेसीका स्थानीयबासीलाई सुविधा पुगेको छ । गाविस गाउँमा रहेका आमा समुहहरु बन समुह तथा स्थानीयवासिन्दाको संयुक्त प्रयासमा ८७ हजार ८ सय ९ रुपैयाँको लागतमा बाटो निर्माण भएको हो । बाटो निर्माणका लागि स्थानीयवासिन्दाले ३ दिन लगातार श्रमदान गरेका थिए ।
यस्तै नवलपरासी सुनवलका उपभोक्ताले १४ लाखको लागत कालोपत्रे सडक बनाएका छन् । सुनवल आर्दश गाउ विकास समिति वडा नम्बर ६ सुकुम्बासी बस्तीका ९० घर परिवारले आफ्नै लगानीमा ५ सय ३२ मिटर कालोपत्रे सडक बनाएका हुन् ।
No comments:
Post a Comment