Monday, May 10, 2010

गोरखामा माओवादी प्रदर्शन

२६ बैशाख २०६६
अनिश्चितकालीन आमहड्ताल फिर्ता लिएपनि संघर्षका अन्य कार्यक्रम जारी राखेको एकिकृत नेकपा माओवादीले आज गोरखा सदरमुकाममा प्रदर्शन गरेको छ । एकिकृत माओवादी कार्यकर्ताहरुले आज सदरमुकाममा जुलुश प्रदर्शन गरेका छन् । हरमटारी स्थित लोकतान्त्रिक चोकबाट शुरु भएको जुलुश बसपार्कठूलोआँगनहस्पिटलचोक हुँदै लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै एकिकृत माओवादी गोरखा क्षेत्र नम्बर २ का इन्चार्ज यानप्रसाद भट्ट सरोजले दलीय सहमतिका आधारमा संविधान बन्ने समय समाप्त भएकाले आफ्नो पार्टीले जनसंविधान जारी गर्ने बताउनुभएको छ । आफ्नो पार्टीको मागलाई अन्य दलहरुले बेवास्ता गरेकाले समयमै संविधान जारी गर्ने संम्भावना नभएको पनि उहाँले दावी गर्नुभयो । विगतमा पनि आफ्ना जायज मागहरुको सम्बोधन नगरेर दलहरुले आफूहरुलाई जनयुद्धमा जान बाध्य बनाएको पनि उहाँले बताउनुभयो ।
कोणसभालाई सम्बोधन गर्दै वाइसियल केन्द्रिय सदस्य एवम् गोरखा जिल्ला अध्यक्ष रमेश पोखरेल अटलले आफूहरु शान्तिको विपक्षमा नभइ शान्तिकै पक्षमा भएको दावी गर्नुभयो । िसंहदरवार सहित देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम अन्तर्गत आज विरोध प्रदर्शन गरिएको माओवादी गोरखाले जनाएको छ ।

No comments: