२७ बैशाख २०६७
लमजुङको ताघि्रङ गाविसको शीरचौरवाट सदरमुकाम वेसीशहरतर्फ अबैध रुपमा ल्याइँदै गरेको २ सय किलो सतुवा वेसीशहरस्थित त्रिवेणी युवा क्लबका युवाहरुले बरामद गरेका छन्। उनीहरुले सतुवासहित दुई ब्यक्तिलाई नियन्त्रणमा लिई बन कार्यालयमा बुझाएका हुन । बाँझाखेत गाविस ४ साँधुका जसबहादुर तामाङ र सिन्धुपाल्चोकका नरबहादुर श्रेष्ठले प्राईवेट जीपमा सतुवा भरेर ल्याउँदै गर्दा युवाहरुले गोप्य सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएका थिए । तामाङ र श्रेष्ठले भने स्थानीय बिर्खबहादुर गुरुङसंग किनेर ल्याएको वताएका छन् ।
जिल्ला बन कार्यालयले पूर्जीविना जंगलमा गएर अबैध रुपमा जडिबुटी संकलन गरेको भन्दै उनीहरुलाई कानुन बमोजिम कार्वाही गरिने जनाएको छ । लमजुङका उच्च पहाडी भेगको २५ सय मीटरदेखि ३५ सय मीटरको सम्मको ओसिलो तथा चिसो ठाउँमा पाईने सतुवाको मुल्य सुकेको ८ सय रुपैँया प्रति केजी पर्दछ ।लोपुन्मुख जडिबुटी अन्तरगत पर्ने सतुवा शक्तिबद्र्धक र पेट संवन्धि रोगहरुको औषधीको रुपमा प्रयोग हुन्छ । सतुवाको प्रतिकिलो १० रुपैँया सरकारले राजस्व लिने गरेको छ ।
No comments:
Post a Comment