Wednesday, May 12, 2010

सामाजिक लेखाजोखा

२९ बैशाख २०६७
समग्र विकास सेवा केन्द्र गोरखाले जिल्लाका बिभिन्न गाविसमा साचालन गरेको सिमान्तकृत मानिसहरुको शशक्तिकरण अभियान परियोजनाको सामाजिक लेखाजोखा गरेको छ । संस्थाले आज गोरखा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी परियोजना अन्तर्गत जिल्लाको आपपीपल खोप्लाङ्ग गोरखा नगरपालिका दर्बुङ्ग फुजेल नाम्जुङ बोर्लाङ्ग र धावा गाविसमा साचालन गरेको साचालित गतिविधिबारे जानकारी गराएको हो ।
सो अवसरमा संस्थाका केन्द्रिय संयोजक अमरिसं अधिकारीले परियोजना अन्तर्गत ३७ वटा सामाजिक परिवार मार्फत १ हजार २ सय २ जना प्रत्यक्ष लाभान्वित भएको जानकारी गराउनुभयो । उहाँले गाउँगाउँमा गठन गरिएका सामाजिक परिवारले छुवाछुत तथा जातिय विभेद न्युनीकरण सार्वजानिक सेवा सुविधामा सिमान्तकृत समुदायको पहुँच वृद्धि मानव अधिकार हनन र ज्यादतीमा न्युनीकरणका कामहरु गरेको बताउनुभयो ।
कार्यक्रममा बिभिन्न सामाजिक परिवारका सहभागीहरुले सामाजिक परिवारमा आवद्ध भएपछि आफुहरुको ब्याक्तित्व विकास र सामाजिक भावनामा वृद्धि भएको बताएका थिए । सामाजिक परिवार समूहका अध्यक्ष पुर्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ गैर सरकारी संस्था महासंघका अध्यक्ष काजीराम रोका मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दुवाडी ग्रामीण सुदृढिकरण केन्द्रका अध्यक्ष भीमलाल श्रेष्ठ समग्रका क्षेत्रीय संयोजक नकुल थापा भरत श्रेष्ठ अन्नपुर्ण सामाजिक परिवारका अध्यक्ष मन्सुरी तामाङ जागरण सामाजिक परिवारकी बिभा अच्छामी फुलवारी सामाजिक परिवारकी कमला कुमाल लगायतले मन्तब्य राख्नुभएको थियो ।

No comments: