Wednesday, May 12, 2010

नेपाल टेलिकम गोरखा शाखाले १२ गाविसमा टावर जडान गर्ने

२९ बैशाख २०६७
नेपाल टेलिकम गोरखा शाखाले नमस्ते मोबाइलको गुणस्तर सुधार र ग्राहक विस्तारका लागि जिल्लाका १२ गाविसमा टावर जडान गर्ने तयारी गरेको छ । टेलिकमले जिल्लाको क्षेत्र नं। एकको चार दुईको तीन र तीनको पाँच गाविसमा नमस्ते मोबाइलको सेवा विस्तार गर्न लागेको जनाएको छ ।
यसवर्ष क्षेत्र नं। एकको बोर्लाङ्ग फुजेल घ्याल्चोक भुम्लिचोक दुईको आँपपीपल हंशपुर र गाईखुर तथा तीनको धावा आरुचनौटे पाँचखुवा देउराली ताकुकोट र बारपाक गाविसमा टावर बिस्तार गर्ने शाखा प्रमुख वेचन गौतमले बताउनुभयो । त्यसका लागि टेलिकमले घर भाडामा लिइसकेको छ । ती गाविसमा चालु आर्थिक बर्षभित्रमा टावर जडान गरिसक्ने र नयाँ आर्थिक बर्षबाट प्रशारण सुरु गर्ने शाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।
टावर निर्माण भएपछि यसअघि बाग्मती अाचलको मोबाइल प्रयोग गरिराखेका जिल्लाका घ्याल्चोक भुम्लिचोक दर्बुङ्ग फुजेल घैरुङ्ग नाम्जुङ्ग बुंकोट बोर्लाङ्ग अश्राङ्ग धावा तान्द्राङ्ग आरुचनौटे आरुआर्बाङ्ग आरुपोखरी पाँचखुवा देउराली मसेल बगुवा आदि गाविसका उपभोक्तले गण्डकी अाचलकै मोबाइल प्रयोग गर्न पाउने भएका छन् ।
बाग्मती अाचलको मोबाइल प्रयोग गर्नुपर्दा यसअघि सो क्षेत्रका बासिन्दाहरुले आफ्नै जिल्लामा फोन गर्दा पनि एसटीडी शुल्क तिर्नु पर्ने बाध्यता थियो । टेलिकमले अहिले टावर विस्तार गर्न लागेको गाविसका उपभोक्ताले यसअघि धादिङ्गमा रहेको टावरबाट साचालन हुने बाग्मती अाचलको मोवाइल प्रयोग गर्दै आएका छन् ।

No comments: