Wednesday, May 12, 2010

मनाङमा बहुमुल्य जटीवुटी यासा्रगुम्वा टिप्न शुरु

२९ बैशाख २०६७
मनाङमा वैशाखको पहिलो साताबाट बहुमुल्य जटीवुटी यासा्रगुम्वा टिप्न शुरु गरिएको छ । जिल्लाको नाम्केखर्क पिसाङ ङावल घ्यारु लगायतका उच्च लेकहरुमा यासा्रगुम्वा टिप्न शुरु भएको छ भने मनाङ र टंकी मनाङमा केही दिनपछि सुरु गरिने अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । त्यसैगरी नार र फू गाविसमा भने जेठ महिनाको दोस्रो सातामा यासा्रगुम्वा टिप्न थालिने आयोजनाले जनाएको छ ।
यासा्रगुम्वा टिप्न गाविस र स्थानीय क्षेत्र ब्यवस्थापन समितिले मनाङवासीलाई पूर्जी दिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले अन्य जिल्लाबाट यासागुम्बा टिप्न आउनेलाई मनाङको ताल गाउँको चेक पोष्टबाट फर्काएको छ । अघिल्ला वर्षहरुमा गोरखा लमजुङ तनहुँ धादिङ लगायतका जिल्लाबाट यासा्रगुम्वा टिप्न जाने गरेका भएपनि यो वर्ष सुरक्षाका कारण वाहिरकालाई प्रतिवन्ध लगाएको आयोजनाका सन्तोष सेरचनले जानकारी दिनुभएको छ ।
मनाङमा माघ महिनासम्म अस्थायी वसोवास गर्ने र स्थायी वासिन्दालाई मात्र यासागुम्बा टिप्न पाउने ब्यवस्था आयोजनाले गरेको छ । गत वर्ष मनाङमा यासागुम्बा टिप्न जाँदा गोरखा केरौजाका ७ जनाले ज्यान गुमाएका थिए ।

No comments: