३० वैशाख २०६७
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा वावुराम भट्टराईले वर्तमान सरकार विघटन नभएसम्म संविधान सभाको म्याद थप्नुको अर्थ नहुने वताउनुभएको छ। गोर्खाको मझुवा देउरालीमा आज साँझ पार्टी कार्यकर्तालाई सम्वोधन गर्दै उहाँलॆ संविधान सभाको म्याद थपको प्रस्ताव आफ्नो पार्टीले अस्वीकार गर्ने समेत वताउनुभयो ।वर्तमान सरकार रहेसम्म कुनैपनि हालतमा संविधान वन्न नसक्ने ठोकुवा गर्दै भट्टराइले राष्ट्रिय सहमतिको सरकारको निर्माणमा जोड दिनुभयो । आफ्नो पार्टीमा प्रधानमन्त्री वन्न्ा सक्षम धेरै नेता रहेकेा वताउर्दै उहाँले पार्टी भित्र प्रधानमन्त्रीको लागि अध्यक्षको विकल्प समेत खुला भइसकेकेा जानाकारी दिनुभयो । जेठ चौध सम्म पनि वर्तमान विघटन नभए माओवादीले निर्णायक संघर्ष गर्ने माओवादीको चेतावनी पनि उपाध्यक्ष भट्टराईले आज दोहोर् याउनुभयो ।संविधान सभाको निर्वाचनमा गोर्खा क्षेत्र नंवर २ वाट निर्वाचित सभासद समेत रहनुभएका भट्टराइ महिनामा एक पटक जिल्ला आउने आफ्नो वाचा पुरा गर्न हतारहतार आज संाझ गोर्खा आइपुग्नुभएको एकीकृत माअेावादी गोर्खाले जनाएको छ । भट्टराई आज मझुवा देउरावलीमा रहने र भोलि विहान काठमाण्डौ फर्कने कार्यैक्रम रहेकेा छ ।
No comments:
Post a Comment