Tuesday, May 11, 2010

हावाहुरीको कारण क्षति

२८ बैशाख २०६७
आज साँझ साँढे ४ वजेतिर चलेको हावाहुरीले गोरखाको बोर्लाङ्ग गाविस-४ को आधादर्जन घरको छाना उडाएको छ भने दर्जनौ घरमा क्षति पुर् याएको छ । करिब १५ मिनेट चलेको हावाहुरीले वडा नंबर ४ निवासी पंफा ढकाल गोविन्द राना अमरबहादुर श्रेष्ठ लगायतको घरको छाना उडाएको हो । हावाहुरीले २ वटा घरको छाना र झ्यालढोका समेत उडाएकोले वस्ने ठाउँसमेत नभएको पीडित पंफा ढकालले जानकारी दिनुभएको छ । हावाले धेरै रुखविरुवा ढालेको छ भने मकैवालीमा समेत क्षति पुर् याएको छ ।
आज दिउँसो परेको असिनापानीले लमजुङको विभिन्न भागका अन्नवाली तरकारीवाली तथा फलफूलमा क्षति पुर् याएको छ । असिनापानीले वेसिशहर उदिपुर गाउँशहर लगायतका गाविसमा स्थानीय किसानहरुले लगाएको अन्नवाली तरकारी वाली तथा फलफूलमा क्षति पुर् याएको पीडित किमसानले बताएका छन् । असिनापानीले उदिपुरमा मकै काक्रो पूर्ण रुपमा क्षति गरेकॊ उदिपुरका किसान धु्रवदेव जोशीले जानकारी दिनुभएको छ ।

No comments: