१ बैशाख २०६७
गोरखाको हंसपुर गाविस ९ मा हिजो भएको ट्रक दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । लमजुङको विचौरबाट गोरखाको भच्चेक आउँदै गरेको ग १ क १३९० नंबरको ट्रक बाटोभन्दा १५ मिटर तल खस्दा हंसपुर २ का १३ वर्षिय निराजन अधिकारी सोही ठाउँका ११ वर्षिय सफल अधिकारी र ट्रक धनी खरिवोट गाविस ९ का सुरेन्द्र श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेमध्ये निराजनको दुबै खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको सफलको निधारमा चोट लागेको र कानबाट रगत आएको छ भने गाडी धनी श्रेष्ठको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुको ललितपुरको बी एण्ड बी अस्पतालमाउपचार उपचार भइरहेको प्रहरी नायब निरीक्षक मेघराज थापाले जानकारी दिनुभएको छ । ट्रक दुर्घटनाको कारण खुल्न सकेको छैन । उता तनहुँको आँबुखैरेनीमा आफ्नै ट्रकले च्यापिएर सहचालकको मृत्यु भएकेा छ । विहान करिब १ बजे भएको दुर्घटनामा परी मृत्यु हुनेमा सहचालक मकवानपुर जिल्ल्ाा हेटौंडा ९ निवासी २५ बर्षिय रवि भण्डारी रहेका छन् । ट्रकले च्यापेर तत्काल घटनास्थलमै ज्यान गुमाएका उनको शव क्रेन लगाएर घटना भएको केही समयपछि झिकिएकेा प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment