Thursday, April 15, 2010

विद्यालय भवन निर्माणका लागि ३२ लाख रुपियाँ सहयोग

१ बैशाख २०६७

फ्रान्सेली संस्था लेजामी द लाप्राकले गोरखाको उहियाको पार्वती निमाविलाई १० कोठे विद्यालय भवन निर्माणका लागि ३२ लाख रुपियाँ सहयोग गरेको छ । सन् २०११ सम्ममा निर्माण पुरा हुने लक्ष लिएको निर्माणाधिन भवनको आज संस्थाका अध्यक्ष कि्रस्चय गिमोले अवलोकन गर्नुभएको छ ।सो अवसरमा स्थानीय तातोपानी महिला समूह गणेश हिमाल महिला समूह र विद्यालयका विद्यार्थीहरुले बिभिन्न सांंस्कृतिक कार्यक्रम र झाँकी प्रदर्शन गरी गिमोको स्वागत गरेका थिए । सो अवसरमा उहाँले आफुलाई विकट गाउँका विद्यालयमा सहयोग गर्न पाउदा खुशी लागेको भन्दै अन्य विद्यालयमा पनि सहयोग गर्दै जाने आश्वासन दिनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रधानाध्यापक मिनबहादुर सुनार विद्यालयका भूपू शिक्षक तथा गणेश हिमाल एशोसिएशनका अध्यक्ष विनोद अधिकारी बद्री अधिकारी लगायतले मन्तब्य राख्नुभएको थियो ।

No comments: