१ बैशाख २०६७
गोरखाको पश्चिमकाली तथा खड्गदेवी मन्दिर ब्यवस्थापन एवं संरक्षण समितिको पाँचौ वार्षिक उत्सव हिजो मनाइएको छ । सदरमुकामको पश्चिममा गोरखा नगरपालिका वडा नंबर ४ मा पर्ने पश्लाङमा मन्दिर स्थापना भएको ५ वर्ष पुगेको उपलक्षमा मन्दिर ब्यवस्थापन समितिले हिजो विशेष कार्यक्रम आयोजना गरी वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा स्थानीय युवा क्लब र टोल सुधार समितिले पनि स्थानीय कला संस्कृति र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । संरक्षण समितिका अध्यक्ष शारदाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पश्चिमकाली मन्दिर परिसरमा प्रतिक्षालय निर्माण गर्ने नगरपालिका वडा नंबर ४ संख नारायाण श्रेष्ठलाई सम्मान गरिएको थियो । स्थानीय समाजसेवी तथा वयोवृद्ध कवी नेत्रमणि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा गोरखा क्याम्पसका प्राध्यापक यादव शर्मा स्थान्ीय समाजसेवी कृष्णमान श्रेष्ठ संस्थाका सचिव बाबुराम रोका लगायतले मन्तब्य राख्नुभएको थियो । सो कार्यक्रममा साहित्य संगम गोरखाको समन्वयमा गोरखाली कविहरुले नयाँ वर्षको सन्दर्भमा आआफ्नो कविता वाचन गर्नुभएको थियो । सो अवसरमा वयोवृद्ध कवि नेत्रमणि आचार्य गोरखाली काँइला खेमराज शर्मा प्रयास श्रेष्ठ कृष्ण महत लगायतले कविता र गजल वाचन गर्नुभएको थियो । सो ठाउँमा मन्दिर स्थापना भएपछि हरेक वर्ष नयाँ वर्षको दिन सांस्कृतिक कार्यक्रम गरी नयाँ वर्ष वार्षिक उत्सव मनाउने परम्परा वसेको संरक्षण समितिका कोषाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
No comments:
Post a Comment