Thursday, April 15, 2010

गाविसहरुमा लोकतान्त्रिक संवाद कार्यक्रम सुरु

२ बैशाख २०६७
नेपाल मगर संघ गोरखाले हिजोदेखि गाविसहरुमा लोकतान्त्रिक संवाद कार्यक्रम सुरु गरेको छ । संविधान सभाको विषयगत समितिका कुराहरु स्थानीय वासिन्दालाइ जानकारी गराउने उद्देश्यले साचालित कार्यक्रममा विषयगत समितिको प्रतिवेदनमा नसमेटिएका कुराहरु समेट्ने पहल गर्ने मगर संघका अध्यक्ष अशोक रानामगरले बताउनुभयो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा साचालित कार्यक्रम बैशाख महिनाभर साचालन हुने र सहजकर्ताहरुले हरेक गाविसमा अन्तरकि्रर्या गर्ने उहाँले बताउनुभयो ।
लोकतान्त्रिक संवाद हिजो आरुपोखरी गाउँ विकास समितिबाट सुरु भएको हो । सो अवसरमा स्थानीयले सीमान्तकृत समुदायको भाषाको संरक्षण दलित र महिलाहरुको हितमा वनेका कानुनहरुको कार्यान्वयन हुनुपर्ने लगायतका कुराहरु संविधानमा समेट्नुपर्ने बताएका सहजकर्ता उमेशबहादुर थापामगरले जानकारी दिनुभएको छ । स्थानीयले संघीयतामा प्रदेश विभाजन गर्दा जातियतामा नभइ जनसंख्याको आधारमा गरिनुपर्ने पनि बताएका थिए ।

No comments: