Friday, June 11, 2010

सरसफाई संबन्धि चेतनामुलक कार्यक्रम

२८ जेठ २०६७
एघारौ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा गोरखा पालुङटार ९ को धर्मावती प्राविले गाउँमा सरसफाई संबन्धि चेतनामुलक कार्यक्रम गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले साचालन गरेको विद्यालयको अगुवाइमा पुर्ण सरसफाई कार्यक्रम अन्तर्गत विद्यालयले गाउँको तल्लो फाँट कृष्ण मन्दिर डुम्रीचौर हवाइमैदान छुची बजार हुदै मस्र्याङदी युवा क्लबको कार्यालय सम्म बिभिन्न चेतनामुलक नारा लगाएका थिए । त्यसपछिको कोणसभामा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्दराज कंडेल मस्र्याङदी क्लब अध्यक्ष काचन तामाङ प्रधानाध्यापक परासर देवकोटा लगायतले मन्तब्य राख्नुभएको थियो ।

No comments: