Friday, April 23, 2010

गोरखामा लोकतन्त्र दिवश

११ बैशाख २०६७
आज चौथो लोकतन्त्र दिवश गोरखामा पनि बिभिन्न कार्यक्रम गरी मनाइदैछ । ४ वर्षअघि आजकै दिन दोश्रो जनआन्दोलन सफल भएकोले यो दिनलाई लोकतन्त्र प्राप्तीको दिनको रुपमा मनाइदै आएको छ । लोकतन्त्र दिवशको अवसरमा मुल समारोह समिति गोरखा र बिभिन्न संघ संस्थाले सदरमुकाममा प्रभातफेरी प्रवचन र दिपावलीको कार्यक्रम रहेको छ ।
आज विहान सात वजे पेट्रोलपम्प बाट मानव अधिकार तथा शान्ति समाजको आयोजनामा प्रभातफेरी प्रभातफेरी पछि हिमाली क्षेत्र विकास केन्द्र ग्रामीण सुदृढिकरण केन्द्र र मुल समारोह समितिको आयोजनामा जिल्ला विकास समितिको सभाहलमा प्रवचन कार्यक्रम रहेको मुल समारोह समितिका संयोजक स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
लोकतन्त्र दिवशकै अवसरमा अपाङ्ग सेवा संघले १२ जना अपाङ्गहरुलाई ह्वीलचियर प्रदान गर्ने जनाएको छ । आजै साँझ ६ वजे लोकतान्त्रिक चोकमा उद्योग वाणिज्य संघले दिपावली गर्ने भएको छ । मुल समारोह समितिले लोकतन्त्र दिवशको अवसरमा हुने प्रभातफेरी लगायतका कार्यक्रममा सहभागी हुन र साँझ सबै घर र कार्यालयमा दिपावली गर्न आग्रह गरेको छ ।

No comments: