११ बैशाख २०६७
तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष तथा एकिकृत माओवादीका तर्फबाट संविधान सभा सदस्य विनोद गुरुङले तमुवान राज्यको प्रमुख र उपप्रमुख तमुहरु नै हुनुपर्ने बताउनुभएको छ । तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद गोरखाले आयोजना गरेको नयाँ बन्ने संविधानमा तमुवान राज्य र तमुजातीको अग्राधिकार विषयक कार्यक्रममा उहाँले जेठ १४ गते भित्र संविधान बनाउन जनताले सभासदहरुलाई खबरदारी गर्नुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज कृष्ण धितालले नागरिकको चाहना अनुसार शान्ति र नयाँ संविधान निर्माणका लागि सबै नागरिकहरु आन्दोलित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघका सचिव विष्णु राना मगर नेपाल तामाङ घेदुङका सचिव श्याम तामाङ नेपाल मगर विद्यार्थी संघका श्याम थापामगर तमु ह्युल छोंज धि नगर अध्यक्ष राम बहादुर तमु तमु राष्ट्रिय मुक्ति मोर्चाका कृष्ण तमु लगायतले मन्त्ाव्य राख्नुभएको थियो । कार्यक्रम परिषदका गोरखा जिल्ला अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।
No comments:
Post a Comment