११ बैशाख २०६७
लोकतन्त्र दिवशको अवसरमा गोरखाका नागरिकहरुले यो दिवश मनाउदा निराशाहरु बढ्दै जान थालेको बताएका छन । नागरिकले विश्वास गरेका राजनीतिक दलहरुकै कारण निराशा उत्पन्न भएको भन्दै उनीहरुले चिन्ता गरेका थिए । लोकतन्त्र दिवश मुल आयोजक समिति ग्रामीण सुदृढिकरण केन्द्र र हिमाली क्षेत्र विकास केन्द्रको आयोजनामा साचालित प्रवचन कार्यक्रममा जिल्ला न्यायधिश प्रभा वस्नेतले लोकतन्त्र प्राप्तीक लागि नागरिकले धेरै जीउधन खर्च गर्नुपरेको भन्दै राजनीतिक दलको पछिल्लो गतिविधिले नागरिक निराश भएको बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दुवाडीले लोकतन्त्रको उपलब्धी संस्थागत हुन नसक्दा नागरिकको अधिकार खोसिने चिन्ता बढेको बताउनुभयो । ग्रामीण सुदृढिकरण केन्द्रका अध्यक्ष भीमलाल श्रेष्ठले हरेक वर्ष लोकतन्त्र दिवश मनाउदै जाँदा उत्साह घट्दै जान थालेको बताउनुभयो ।
मुल समारोह समितिका संयोजक स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष सुकदेव दवाडी प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष यदु अधिकारी लगायतले मन्तबय राख्नुभएको थियो ।
उता लोकतन्त्र दिवशको अवसरमा तनहुँ सरदमुकाम दमौलीमा लोपोन्मुख जाती कुसुण्डा राजामामा र उहाँकी छोरीलाइ सम्मान गरिएको छ । कुसुन्डा जातीको भाषाको राम्रो ज्ञान भएको राजामामालाई कदरपत्र प्रदान गरिएको छ भने उहाँकी छोरीलाई नगद ३ हजार् प्रदान गरिएको छ । जिल्ला विकास समितिका योजना अधिकृत सुर्यवधना पण्डितले नगद र सम्मान प्रदान गर्नुभएको हो । सम्मान पाउँदा राजामामा खुसी हुदै आफुलाइ एक स्थायी जागीरको व्यवस्था गरिदिन आग्रह गर्नु भएको थियो ।
No comments:
Post a Comment